रातो मच्छिन्द्रनाथको रथलाई ८ गते जावलाखेल ल्याउन सके ११ गते भोटो देखाइने

ललितपुर रातो मच्छिन्द्रनाथको रथलाई आँउदो जेठ ८ गते लगनखेलबाट जावलाखेल तानिने भएको छ ।

रथलाई लगनखेलबाट जावलाखेल तान्नको लागि आज बिहान ज्योतिषहरुले आँउदो ८ गतेको साइत निकालेका हुन् । यदि ८ गते नै रथलाई जावलाखेलमा पु्र्याउन सकेको खण्डमा ११ गते भोटो देखाइनेछ ।

भोटो जात्रापछि रातो मच्छिन्द्रनाथलाई खटमा राखेर बुंगमती लगिनेछ भने मीननाथलाई पनि खटमा राखेर टंगल लगिनेछ । त्यससँगै यसवर्षको रातो मच्छिन्द्रनाथको रथयात्रा सकिनेछ ।

यसैबीच रातो मच्छिन्द्रनाथको कुलदेवी पूजा भएको छ । कुलदेवीको पूजा गरिने दिनमा नै रथबाट लगनखेलबाट जावलाखेल तान्नको लागि साइत हेर्ने परम्परा अनुसार आज बिहान मंगलबजारको सोह्रखुट्टे पाटीमा साइत हेरिएको हो । 

समाचार