बकैया – ११ पिपलडाँडा बस्ने सन्चमाया भोलनको विष सेवनबाट मृत्यु

मकवानपुर । मकवानपुरको बकैया गाउँपालिका वडा नम्वर ११, पिपलडाँडा बस्ने सन्चमाया भोलनको विष सेवनबाट मृत्यु भएको छ ।

६१ वर्षीया भोलनको हाल नाम नखुलेको विषादी सेवन गर्दा आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जनाएको छ ।

प्रहरी नायव उपरीक्षक कार्कीका अनुसार, उनले आईतबार राति ११ बजे विष सेवन गरेका थिए । विषादी सेवनबाट गम्भीर घाइते भएका उनको आज बिहान ६ बजे हेटौंडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

समाज