मकवानपुरमा सवारी दुर्घटना, एक घाइते

मकवानपुर । मकवानपुरको दुई छुट्टाछुट्टै स्थानमा आज बिहान सवारी दुर्घटना भएको छ । जिल्लाको हेटौंडा उपमहानगरपालिका वडा नम्वर ११ मा मोटरासइकल र बकैया गाउँपालिका वडा नम्वर ५ स्थित ट्रक दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

बिहान १२ः४५ बजेको समयमा हेटौंडा–११, नवलपुरस्थित त्रिभुवन माविको अगाडि पुर्व–पश्चिम सडकखण्डमा हेटौंडा बजारबाट मनहरी तर्फ जाँदै गरेको जस्तो देखिने ना ३९ प १८९७ नम्वरको मोटरसाइकल दुर्घटना भएको मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।

उक्त दुर्घटनामा परेर मोटरसाईकल चालक बकैया गाउँपालिका.–४, छत्तिवन बस्ने अन्दाजी ३२ वर्षीय जनकबहादुर स्याङ्तान घाइते भएका छन् । घाइते उनको चुरेहिल अस्पताल हेटौंडामा उपचार भइरहेको प्रहरी नायव उपरीक्षक कार्कीले बताए ।

यस्तै, आज बिहान साढे १ बजेको समयमा धरान–चतरा सडकखण्ड अन्तरगत पर्ने बकैया–५, तिनतलेमा नवलपरासीबाट सिन्धुली जाँदै गरेको ना.८ ख ४०९६ नम्वरको सिमेन्ट लोड ट्रक ब्रेक फेल भई सडक बाट अन्दाजी ५० मिटर तल खसी दुर्घटना भएको छ ।

उक्त दुर्घटना हुँदा मानबिय क्षती नभएको, ट्रक घट्ना स्थलमा नै रहेको प्रहरी नायव उपरीक्षक कार्कीले बताए । दुबै घटनाको बारेमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।

समाज