आज बस्ने भनिएको राष्ट्रिय सभा बैठक सर्यो

काठमाडौं । बुधबार बस्ने भनिएको राष्ट्रिय सभाको बैठक सरेको छ । बैठक शुक्रबार दिउँसो १:०१ बजे बस्ने भएको हो ।
बुधबार साँझ ६:३१ बजे बस्ने गरी निर्धारण गरिएको संघीय संसद राष्ट्रिय सभाको बैठक विशेष कारणवश तोकिएको दिन र समयमा बस्न नसक्ने संसद सचिवालयले जनाएको छ ।
अबको बैठक २०८० साल जेठ ५ गते शुक्रबार दिउँसो १:०१ बजे बस्ने गरी निर्धारण गरिएको संसद सचिवालयले सांसदहरूलाई सूचनामार्फत जानकारी गराएको छ ।

राजनीति