सुन आज तोलामा एघार सय रुपैयाँले घट्यो

सुनको भाउ आज तोलामा एक हजार एक सय रुपैयाँले घटेको छ।

आज सुनको भाउ तोलामा एक लाख १० हजार रुपैयाँमा झरेको छ ।

हिजो तोलाको एक लाख एघार हजार एक सय रुपैयाँ थियो ।

आज चाँदीको भाउ पनि घटेको छ । तोलामा ५ रुपैयाँले घटेर चाँदी आज एक हजार तीन सय ७० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । 

अर्थ