विद्यालयका छात्र-छात्राहरुलाई रैथाने बालीको महत्व सम्बन्धि अभिमुखीकरण

मक्रान्चुली- मकवानपुरगढी गाउँपालिका वडा न.२ कुर्लेदमार स्थित श्री बंशगोपाल माध्यमिक विद्यालय (प्राविधिक शिक्षालय) मा कक्षा ९ र १० मा अध्ययनरत छात्र-छात्राहरुलाई रैथानेबालीको महत्व सम्बन्धी अभिमुखीकरण गरिएको छ ।

गाउँपालिकाको सामुदायिक विद्यालयहरुमा दिवाखाजामा हरेक विहिवार स्थानीय एवम् रैथाने खाजा खुवाउने प्रावधान बमोजिम बिहिवार कोदोको हलुवा र कटहर,चनाको तरकारी खुवाइएको गाउँपालिका कृषि शाखा प्रमुख चन्द्रकान्त चौधरीले बताउनुभयो ।

यस अवसरमा गाउँपालिकाका शिक्षा शाखा प्रमुख रामबहादुर घलान, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जीत बहादुर लो, वडा सदस्य रामप्रसाद चौरेल, निवर्तमान अध्यक्ष रामप्रसाद पुडासैनी, प्रधानाध्यापक सन्देश तुम्सीङ मगर र विद्यालयका शिक्षकहरुको उपस्थिति रहेको थियो ।

शिक्षा समाचार स्थानीय