नेपाल राहत शिक्षक समिति मकवानपुरगढीकाे अध्यक्षमा अधिकारी

मकवानपुरगढी- नेपाल राहत शिक्षक समिति मकवानपुरगढी गाउँपालिकाकाे अध्यक्षमा मधुप्रसाद अधिकारी चयन हुनुभएको छ ।
मकवानपुरगढी कुर्लेदमारस्थित बंशगाेपाल माविमा शुक्रबार भएको दाेस्राे पालिका अधिवेशनले अधिकारीको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।

समितिको उपाध्यक्षमा गीता तिमल्सिना, महिला उपाध्यक्षमा देवकी तिमल्सिना, सचिवमा बिक्रम चाैरेल, सहसचिवमा सन्ताेषी पुलामी, र काेषाध्यक्षमा रन्जित सिंह नायक चयन भएका छन् ।

त्यस्तै सदस्यहरूमा कृष्ण आचार्य, सावित्री फुयाल, जानुका कार्की, शुभद्रा भट्ट, शाेभा न्याेपाने, रत्नमाया गाेले, गान्दीप हुमागाई छन् । अधिवेशनले बागमती प्रदेश प्रतिनिधिमा राजु प्रसाद गाैतम र मन्दिरा घिमिरे तथा सल्लाहकारमा मनकाजी घलान, कबिता थापा र जानुका बस्नेतलाई चयन गरेको छ ।

नेपाल राहत शिक्षक समिति मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष राजु प्रसाद गाैतमकाे अध्यक्षता एवं शिक्षक महासंघ मकवानपुरका जिल्ला सदस्य तथा मकवानपुर गढी उपाध्यक्ष राजु प्रसाद सन्जेलकाे प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नेपाल राहत शिक्षक समिति मकवानपुरका जिल्ला अध्यक्ष जीवन तिमल्सिना, सचिव शम्भु पराजुली, शिक्षक महासंघ मकवानपुरगढी गाउँपालिका सचिव भवनाथ गाैतम, एकीकृत अखिल नेपाल शिक्षक संगठन मकवानपुर जिल्ला सदस्य यादव अधिकारी लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

शिक्षा समाचार समाज