एमालेको सचिवालय बैठक शुक्रबार

नेकपा एमालेले सचिवालय बैठक डाकेको छ। एमालेका उपमहासचिव विष्णु रिमालका अनुसार शुक्रबार बिहान ११:३० बजे बैठक बोलाइएको छ।

उनका अनुसार समसमायिक राजनीतिक अवस्था र पार्टीको आन्तरिक विषयबारे छलफल गर्न बैठक बोलाइएको हो।

बैठक ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा बस्ने जनाइएको छ। एमालेको यसअघि गत वैशाख २८ देखि ३० गते केन्द्रीय बैठक सम्पन्न भएको थियो।

राजनीति