‘समृद्ध हेटौंडा’ बनाउन मुख्यमन्त्रीलाई भीमसेन महतको सुझाव पत्र

हेटौंडा । नेपाली कांग्रेस मकवानपुरका सचिव भीमसेन महतले ‘समृद्ध हेटौंडा’ बनाउन मुख्यमन्त्रीलाई सुझाव पत्र बुझाएका छन् ।

सचिव महतले हेटौंडा उपमहानगरपालिकाको विकासका लागि बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई सुझाव पत्र बुझाएका हुन् ।

उनले पर्यटन, धार्मिक, जलचर संरक्षण, विभिन्न जंगली जनावरका फार्महरुका बारेमा, फलफूलको शहर, रमणीय क्षेत्रलगायतका ४० वटा योजनाहरु सुझाएका छन् ।

सचिव महतले आगामी आर्थिक वर्ष २०८०/०८१ वार्षिक बजेटमा यस विषयलाई समावेश गर्न आग्रह गरे ।

‘यस योजनाले हेटौंडाको पर्यटन क्षेत्रको विकासमा सहयोग पुग्नेछ, पर्यटकीय क्षेत्रमा आवश्यक भौतिक पूर्वाधार विकास गरेको खण्डमा पक्कै पनि छिमेकी राष्ट्र भारतबाट यहाँ पर्यटक भित्रनेछन’ उनले भने ।

सुझाव पत्र बुझ्दै प्रदेशका मुख्यमन्त्री जम्कट्टेलले प्रदेशको राजधानी मकवानपुरलाई विशेष रुपमा विकास गर्न बजेट विनियोजन गर्ने प्रतिबद्धता जनाए । मुख्यमन्त्री जम्कट्टेलले पर्यटन क्षेत्रका लागि आवश्यक पूर्वाधार देखिने गरी विकास गर्ने प्रतिबद्धता जनाए ।

राजनीति