बागमती प्रदेशका १९९ जना प्रहरी कारबाहीमा

मकवानपुर । बागमती प्रदेश प्रहरी कार्यालय, हेटौंडाले अनुशासन विपरीत काम गर्ने प्रहरीलाई कारबाही गरेको छ । प्रदेश प्रहरी कार्यालयले चालु आर्थिक वर्षको साउनदेखि जेष्ठ २२ गतेसम्म प्रहरी अनुशासन विपरीत काम गर्ने १९९ जना प्रहरीलाई कारबाही गरेको हो ।

प्रहरी निरीक्षकसम्मका पदमा कार्यरत प्रहरी कर्मचारीलाई जिम्मेवारी अनुसारको काममा लापरबाही गरेको, कार्यालय समयमा मादक पदार्थ सेवन गरेको, प्रहरी मर्यादा विपरीतका काम गरेको पाइएपछि कारबाही गरिएको बागमती प्रदेश प्रहरी कार्यालय, हेटौंडाले जनाएको छ ।

यस्तै, सो अवधिमा उत्कृष्ट कार्य गर्ने ७३४ जना प्रहरी कर्मचारीलाई पुरस्कृत गरिएको छ ।

कार्यक्रममा प्रदेश प्रहरी कार्यालय, हेटौंडाका प्रमुख प्रहरी नायब महानिरीक्षक किरण राणाले प्रहरी संगठनको आन्तरिक सुधार र अपराध नियन्त्रणलाई प्राथमिकतामा राखेर काम गरिरहेको जानकारी दिइन् ।

समाचार