गगन थापा आज मकवानपुर आउँदै

नेपाली कांग्रेसका केन्द्रीय महामन्त्री गगन थापा आज मकवानपुर आउने भएका छन् ।

नेपाली कांग्रेस मकवानपुर प्रतिनिधि सभा क्षेत्र २ र प्रदेश सभा २ (ख) को आयोजनामा आज क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्न महामन्त्री थापा मकवानपुर आउने भएका हुन् ।

उक्त सम्मेलनमा सहमहामन्त्री एवम् पूर्व जलस्रोत मन्त्री महालक्ष्मी उपाध्याय (डीना) र कांग्रेस बागमती प्रदेश सभापति एवम् पूर्व गृह राज्यमन्त्री इन्द्रबहादुर बानियाँको विशेष आतिथ्यता रहने क्षेत्र नम्बर २ (ख) का प्रदेश सभा सभापति रञ्जन कालाखेतीले बताए ।

सिजन पार्टी प्यालेस हेटौंडा–१९, वस्तिपुरमा हुने कार्यक्रममा कांग्रेस मकवानपुर प्रतिनिधि सभा क्षेत्र २ र प्रदेश सभा (ख) को सबै वडाका पदाधिकारी, वडाका प्रतिनिधि र क्रियाशील सदस्यहरुको सहभागितामा रहने उनले बताए ।

राजनीति