भीमफेदीको पञ्चकन्या माविमा अभिभावक शिक्षा

मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्वर ८, इपास्थ्ति पञ्चकन्या माध्यमिक विद्यालयमा अभिभावक शिक्षा कार्यक्रम आयोजना गरिएको छ । विद्यार्थी केन्द्रित शैक्षिक सुधार कार्यक्रमअन्तर्गत दुई दिवसीय अभिभावक शिक्षा कार्यक्रम आयोजना गरिएको हो ।

बागमती प्रदेश सरकारले विद्यार्थी केन्द्रित शैक्षिक सुधार कार्यक्रमको रुपमा विविध क्रियाकलाप गर्न प्रदेशका ६ सय भन्दा बढी विद्यालयलाई कार्यक्रम स्वीकृत गरेको छ । जसमा उक्त विद्यालय पनि परेको हो ।

आइतबारबाट सुरु भएको सो कार्यक्रम आज सकिनेछ । कर्याक्रममा अभिभावक शिक्षामा अभिभावकको जिम्मेवारी, अभिभावक र शिक्षकको सहकार्यमा विद्यार्थीलाई उपयुक्त शैक्षिक वातावरण निर्माणसम्बन्धमा विशेष प्राथमिकता दिइएको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विनोद अधिकारी, शिक्षक अभिभावक संघका अध्यक्ष सुरेन्द्र खड्का, प्रधानाध्यापक सुरेश कुमार ठकुरीको उपस्थितिमा मकवानपुर बहुमुखी क्याम्पसका सहायक प्राध्यापक एवम् संचारकर्मी सुरेश श्रेष्ठले सहजीकरण गरेका थिए ।

उक्त विद्यालयमा हाल १ सय ५० जना विद्यार्थी अध्ययनरत छन् ।-tukhabar

समाचार