महिलालाई टोफेटा झोला बनाउने २० दिने तालिम

मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिका वडा नम्वर ७ का महिलाहरुलाई दिइएको प्लास्टिक विकल्प (टोफेटा) झोला बनाउने तालिम समापन भएको छ ।

लालित्य सेवा प्रतिष्ठानको आयोजना तथा मनहरी गाउँपालिकाको आर्थिक सहयोगमा २० दिनसम्म संचालन भएको उक्त तालिम आइतबार समापन भएको हो ।

समापन कार्यक्रम प्रतिष्ठानका अध्यक्ष मुना पाठक कठायतको सभाध्यक्षता तथा गाउँपालिका अध्यक्ष रञ्जन कालाखेतीको प्रमुख आतिथ्यतामा भएको हो ।

कार्यक्रममा मनहरी–७ का कार्यबहाक वडाध्यक्ष नवराज सुवेदी, उद्योग वाणिज्य संघ पश्चिमी क्षेत्र मनहरीका उपसभापति जालन दिन मिया, मनहरी महिला उद्यमी सभापति गीता कर्माचार्य, प्रशिक्षक केसबी दाहाल पौडेल, आजुदिन मिया लगायतको आतिथ्यता रहेको थियो ।

मनहरी– ७ मा मुसलमान लक्षित कोटामा दिदी बहिनीहरुलाई उक्त तालिम प्रदान गरिएको प्रतिष्ठानका अध्यक्ष मुना पाठक कठायतले बताईन् ।-tukhabar

समाज