हेटौंडा -६ चौघडा का चौलागाईँ मृत अवस्थामा फेला


मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर २, संगमचोकमा सोमबार बिहान एक जना मृत फेला परेका छन् ।

मृत फेला पर्नेमा हेटौंडा–६, चौघडा बस्ने अन्दाजी ५५ वर्षीय गोपी चौलागाईँ रहेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।

प्रहरीका अनुसार, बिहान संगमचोकस्थित भत्केको पुरानो घरको पेटीमा सुतेको ठाउँमा मृत फेला परेको हो । चौलागाई सोही क्षेत्रमा कवाडी उठाउने काम गरी हिड्ने बुझिएको छ ।

उनको शव पोष्टमार्टम गर्नको लागि हेटौंडा अस्पतालमा लगिएको छ भने घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

समाज