मनसुन बंगलादेश र भुटानसम्म आइपुग्यो, नेपाल भित्रिन केही दिन लाग्ने

 मौसम पूर्वानुमान महाशाखाले यस वर्षको मनसुन प्रणाली भारतको उत्तरपूर्वी भूभाग, बङ्गलादेश र भुटानसम्म आईपुगेको जनाएको छ। महाशाखाका अनुसार नेपालको पूर्वी भूभाग कोशी प्रदेशमा मनसुन भित्रन अझै केही दिन लाग्ने देखिएको छ।

‘नेपालमा मनसुन भित्रिने सरदर मिति जुन १३ हो, हाल यस वर्षको मनसुन प्रणाली भारतको उत्तर पूर्वी भूभाग, बङ्गलादेश र भुटानसम्म आईपुगेको छ, नेपालको पूर्वी भूभाग कोशी प्रदेशमा मनसुन भित्रन अझै केही दिन लाग्ने देखिएको छ,’ महाशाखाद्वारा जारी विशेष मौसम बुलेटिनमा उल्लेख छ।

महाशाखाले यस वर्षको मनसुनी प्रणालीलाई मौसम पूर्वानुमान महाशाखाले निरन्तर अनुगमन गरिरहेको छ र सोहीअनुसार नियमित रूपमा अद्यावधिक गर्दै जाने जानकारी दिएको छ।

समाचार