गर्मीले बन्द रहेका हेटौंडाका विद्यालय आजबाट खुले

हेटौंडा । हेटौंडा उपमहानगरपालिका भित्रका सामुदायिक तथा संस्थागत विद्यालय आज मङ्गलबारबाट पुनः सञ्चालनमा आएका छन् । 


तापक्रम बढेसँगै विद्यार्थीको स्वास्थ्यलाई मध्यनजर गरेर जेठ २१ गतेबाट २९ गते सम्म गर्मीबिदाबाट मिलान हुनेगरी बिदा दिइएको थियो । 

नगर भित्रका केही विद्यालयले विहानको कक्षा संचालन गरेका छन् भने अधिकांश विद्यालयले १० बजेबाट पठनपाठन गरेका छन् । 


हेटौंडा उपमहानगरपालिकाको शिक्षा महाशाखाले २७ गते सूचना प्रकाशित गर्दै जेठ ३० गतेदेखि भने बिहानको समय र अनुकुलको समयमा कक्षा सञ्चालनका लागि आवश्यक तयारी गर्न विद्यालयलाई अनुरोध गरेसँगै नगरभित्रका सामुदायिक तथा संस्थागत विद्यालय मङ्गलबारबाट सञ्चालनमा आउन लागेको हो ।

शिक्षा समाचार