मकवानपुरको बागमती गाउँपालिकाद्वारा सेनिटरी प्याड र औषधी खरिदमा अनियमितता

हेटौंडा । मकवानपुरको बागमती गाउँपालिकाद्वारा सेनिटरी प्याड र औषधी खरिदमा अनियमितता गरेको पाइएको छ । सामान खरिद गर्दा सबै कानूनी प्रक्रिया पुरा नगरीकन खरिद गरिएको पाइएको हो ।

सेनिटरी प्याड र औषधी खरिदमा पुर्याउनुपर्ने सबै प्रक्रिया पुरा नगरेको र खरिद गरिएका सामान पनि हस्तान्तरण गरेको भन्ने प्रमाण फेला नपरेको महालेखा परिक्षकको कार्यालयले हालसालै सार्बजनिक गरेको प्रतिवेदनमा उल्लेख छ ।

गाउँपालिकाले १२ लाख १३ हजार रुपैयाँ लागतमा औषधि खरिद गरेको पाइएको छ । तर, खरिद गरेको औषधीको म्याद सकिने मिति कम्तिमा १८ महिनाको हुनुपर्ने छ । तर, गाउँपालिकाले खरिद गरेको औषधीमा ब्याच नम्बर र म्याद सकिने मिति नभएको महालेखा परिक्षकको कार्यालयको प्रतिवेदनमा उल्लेख छ ।

म्याद सकिने मिति नभएको औषधी स्वास्थ्यचौकीहरुले कहिले सम्म कसरी बितरण गर्ने भन्ने समस्या पनि बेहोर्नु परेको छ । औषधीमा म्याद नहुँदा स्वास्थ्यचौकीहरुले बिरामीहरुलाई बितरण गर्नका लागि पनि निकै समस्या भएको थियो ।

यस सम्वन्धमा महालेखाको प्रतिवेदन यस्तो छ ।

यसैगरी गाउँपालिकाले आफ्ना पालिका भित्रका छात्राहरुलाई बितरण गर्नका लागि खरिद गरेको सबै सेनिटरी प्याड बिद्यालयलाई हस्तान्तरण गर्नुपर्नेमा हस्तान्तरण नगरीकन राखिएको पनि पाइएको छ ।

छात्राहरु महिनावारी हुँदा वितरण गर्नुपर्ने सेनिटरी प्याड खरिद गरेर बिद्यालयलाई हस्तान्तरण गरिहाल्नु पर्ने हुन्छ तर, गाउँपालिकाले खरिद गर्नका लागि खरिद गरिएको र सबै बितरण नगरेकोमा महालेखा परिक्षकको कार्यालयले प्रश्न उठाएको हो ।

गाउँपालिकाले ३ लाख ८७ हजार रुपैयाँमा खरिद गरेको सेनिटरी प्याड सबै बितरण गरेको भनी प्रमाण नभएको महालेखाले जनाएको छ । यस सम्वन्धमा महालेखाको प्रतिवेदन यस्तो छ ।


यस विषयमा प्रतिक्रिया लिनकाबागमती गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत झम्कनारायण घलान संग प्रतिक्रिया लिन खोज्दा उहाँको फोन उठेन ।-janapatra

समाचार