हेटौंडाबाट अबैध कपडा बरामद

मकवानपुर प्रहरीले आज बिहान हेटौंडा उपमहानगरपालिका वडा नम्वर १५, स्थित रातोमाटेबाट अबैध कपडा बरामद गरेको छ ।

बिहान वीरगञ्जबाट पोखरातर्फ जाँदै गरेको ग २ ख ६९२ नम्बरको यात्रुबाहक बसको डिक्कीभित्र लुकाइछिपाइ ल्याइएको अवस्थामा एक सय थान साडी र छ सय थान सल बरामद गरेको मकवानपुर प्रहरीले जनाएको छ ।

उक्त कपडा विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । बरामद उक्त कपडाको मूल्य करिब एक लाख ५ हजार रुपैयाँ बराबर रहेको मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।

प्रहरीले कपडा बरामद गरी आवश्यक कारबाहीका लागि राजस्व कार्यालय पथलैया पठाउने तयारी गरेको प्रहरी नायब उपरीक्षक कार्कीले बताए ।

समाचार