गाेरखाकाे ढुङ्गागाढेमा बस दुर्घटना हुँदा १२ जना घाइते

गाेरखा – गाेरखा नगरपालिका-८ ढुङ्गागाढेमा बस दुर्घटना हुँदा १२ जना घाइते भएका छन् ।

चितवनकाे नारायणगढबाट गाेरखाकाे आरुघाटका लागि छुटेकाे ना ५ ख ७२११ नम्बरको बस आज बिहान ११ बजेतिर ढुङ्गागाढेमा दुर्घटना भएकाे हाे । दुर्घटनामा घाइते भएकामध्ये दुईजनाकाे अवस्था गम्भीर रहेकाे छ। 

गम्भीर घाइते भएका गोरखा नगरपालिका-१४ का २७ वर्षका कमल पन्त र आरुघाट गाउँपालिकाका ५५ वर्षका खड्गबहादुर घलेलाई चितवनको भरतपुर मेडिकल कजेलमा रेफर गरिएको गोरखा अस्पतालले जनाएको छ ।

अन्य घाइतेकाे भने गोरखा अस्पतालमै उपचार भइरहेको छ 

समाज