कांग्रेस केन्द्रीय प्रचार विभागमा मकवानपुरका चेपाङ

मकवानपुर । नेपाली कांग्रेस केन्द्रीय सूचना, संचार तथा प्रचार विभाग सदस्यमा मकवानपुरका सन्तबहादुर चेपाङ मनोनित भएका छन् ।

मीनबहादुर विश्वकर्माले विभागको सदस्यमा चेपाङ मनोनित गरेका हुन् ।

उनलाई पार्टी सभापति शेरबहादुर देउवाले जेष्ठ ३० गते मनोनित गरेको पार्टीका मूख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

बागमती प्रदेशका पूर्व राज्यमन्त्री चेपाङ कांग्रेस बागमती प्रदेश समिति सदस्य समेत हुन् ।

समाचार