मकवानपुरगढीमा बिल भपाई वेगर रकम भुक्तानी, सामाजिक सुरक्षा भत्तामा दोहोरो भुक्तानी

हेटौंडा । मकवानपुरगढी गाउँपालिका कार्यालयले गरेका धेरै काममा महालेखा परिक्षकको कार्यालयले प्रश्न उठाएको छ । आर्थिक वर्ष २०७८–०७९ मा गरेका दर्जनौ काममा महालेखाले प्रश्न उठाएको हो ।

कतै दोहोरो भुक्तानी त कतै बिल, भर्पा वेगरनै रकम भुक्तानी गरिएको पाइएको छ । गाउँपालिकाले गोठ सुधार कार्यक्रम अन्तरगत एक लाख ९ हजार ४५० रुपैयाँ रविन्द्र हुमागाईलाई बिलभर्पाइ बेगर रकम भुक्तानी दिएकोमा महालेखाले प्रश्न उठाएको छ ।

यस्तो छ महालेखाको प्रतिवेदन

यसैगरी मकवानपुरगढी गाउँपालिकाको कार्यालयले सामाजिक सुरक्षा भत्ता वितरणमा दोहोरो भुक्तानी गरेको पाइएको छ । सामाजिक सुरक्षा भत्ता वितरणको क्रममा मृत्यु भएका व्यक्तिको पनि भत्ता वितरणको लिष्टबाट नाम नहटाइएको पाइएको छ ।

भत्ता वितरणमा मकवानपुरगढी ३ का जेष्ठ नागरिक हरि प्रसाद दुलाललाई दोहोरो रुपमा सामाजिक सुरक्षा भत्ता वितरण गरिएको महालेखा परिक्षकको कार्यालयले हालसालै सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ ।

यस्तो छ प्रतिवेदन


यसैगरी मकवानपुरगढी गाउँपालिकाले वडा कार्यालयहरु मार्फत गाइ खरिद गरेर किसानलाई वितरण गरेको काममा पनि  महालेखा परिक्षकको कार्यालयले प्रश्न उठाएको छ । गाइ वितरण गर्ने नियम, आधार समेत नबनाइकन व्यक्ति र संस्था तोकेर गाइ वितरण गरेकोमा महालेखाले प्रश्न उठाएको हो ।

यस्तो छ महालेखाको प्रतिवेदन

समाचार