इन्द्रसरोवरमा नियमविपरित रुपमा क–कस्ले लिए मासिक सञ्चार सुबिधा ?

हेटौंडा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा हाकिम देखि वडा स्तरका कर्मचारी सम्मले मासिक सञ्चार सुबिधा लिएका छन् । सरकारी नियम विपरित उनीहरुले मासिक रुपमा ३ सय देखि ३ हजार रुपैयाँ सम्म सञ्चार सुबिधा लिएकोमा महालेखा परिक्षकको कार्यालयले प्रश्न उठाएको छ ।

गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृतले नियम विपरित मासिक रुपमा ३ हजार रुपैयाँका दरले सञ्चार सुबिधा लिने गरेका छन् । त्यसैगरी अधिकृत स्तरका साखा प्रमुखले मासिक १ हजार, अधिकृत स्तर प्राबिधिकले मासिक १ हजा, सहायक स्तर इकाइ प्रमुखले मासिक १ हजार, वडा सचिबले मासिक ५ सय, स्वास्थ्यचौकी इन्चार्जले मासिक ३ सय र अन्य कर्मचारीले मासिक ३ सय रुपैयाँका दरले नियम विपरित सञ्चार सुबिधा लिएका हुन् ।

यस्तो छ महालेखाको प्रतिवेदन ।

यसैगरी महालेखाले नाफा मुलक सहकारी संस्थालाई ३ लाख रुपैयाँ अनुदान उपलब्ध गराएकोमा महालेखा परिक्षकको कार्यालयले प्रश्न उठाएको छ । नाफा मुलक सहकारी संंस्थालाई कानून विपरित अनुदान उपलब्ध गराएकोमा प्रश्न उठाएको हो ।

यस्तो छ महालेखाको प्रतिवेदन ।

समाचार