आन्तरिक मामिलामन्त्री सिंहको निधनमा आज सुदूरपश्चिममा शोक बिदा

काठमाण्डौ – दुर्घटनामा आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहसहित तीन जनाको ज्यान गए पछि आज सुदूरपश्चिम प्रदेशमा शोक बिदा दिइएको छ ।

आज सुदूरपश्चिम प्रदेशका सरकारी तथा सार्वजनिक निकायमा नेपालको राष्ट्रिय झन्डा आधा झुकाइने छ ।

गृहजिल्ला बझाङ जाने क्रममा मन्त्री चढेको सुदूरपश्चिम प्रदेश ०१००१ झ ४८० नम्बरको गाडी बझाङको केदारस्युँ गाउँपालिकाको धारछडा नजिकै हिजो दुर्घटना भएको थियो ।

दुर्घटनामा मन्त्री सिंहसहित उहाँकी श्रीमती अमृता र भाउजु जयादेवी सिंहको ज्यान गएको थियो । 

राजनीति