एसईईको नतिजा सार्वजनिक गर्न चाहने संस्थाबाट आवेदन माग

राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गर्न चाहने संघ संस्थाबाट आवेदन दिन माग गरेको छ ।

एसएमएस, आईभीआर वा वेबसाइटबाट नतिजा सार्वजनिक गर्न इच्छुक सस्थाहरूलाई यही असार १२ गतेभित्र आवेदन दिन भनेको हो । आवेदन दिने संस्था वा कम्पनीले आफुले जानकारी दिन चाहेको सेवाको विवरण खोल्नुपर्नेछ ।

एसएमएसबाट सूचना दिनका लागि ४० हजार, वेबसाइटबाट नतिजा प्रकाशनका लागि २० हजार, एसएमएस र वेबसाइट सेवाका लागि ६० हजार, एसएमएस, आइभीआर र वेबसाइट सेवाका लागि एक लाख रूपैयाँ राजश्व बुझाउनुपर्ने छ ।

बोर्डले परीक्षा प्रकाशित गरेपछि मात्रै नतिजा सम्बन्धी विवरण उनीहरूलाई प्रदान गरिनेछ र सोही आधारमा प्रकाशन गर्नुपर्नेछ ।

समाचार