जन्ती बोकेको जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु

गोरखा । गोरखामा जन्ती बोकेको जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा शहीदलखन गाउँपालिका-५ का ६४  वर्षका धनबहादुर थापा, २८ वर्षीय वीरबहादुर थापा, १९ वर्षीय प्रवीण थापा, १९ वर्षीय नीरज थापा र १९ वर्षीय नवीना थापा रहेका छन् ।
दुर्घटनामा परी १२ जना घाइते भएको गोरखाका प्रहरी नायव उपरीक्षक लिलाराज लामिछानेले जानकारी दिए । उनीहरूको उपचार भइरहेको छ । 
सहिद लखन गाउँपालिका-३ चिलिङकोटबाट बेहुली लिएर सहिद लखन-५ ताक्लुङ फर्किदै गरेको जिप गए राति झण्डै दुई सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।

समाचार