पूर्वप्रधानमन्त्री लाेकेन्द्रबहादुर चन्दकी पत्नी दिव्येश्वरीकाे निधन

राष्ट्रिय प्रजातन्त्र पार्टीका संस्थापक नेता एवम् पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दकी पत्नी दिव्येश्वरी चन्दको निधन भएकाे छ । चन्द ८२ वर्षकाे हुनुहुन्थ्याे ।

चन्दकाे उपचारका क्रममा आज शुक्रवार बिहान निधन भएकाे राप्रपाका नेता राजाराम श्रेष्ठले जानकारी दिनुभयो ।

चन्द उच्च रक्तचाप, पक्षघातलगायत रोगबाट पीडित हुनुहुन्थ्याे । उहाँकाे आजै पशुपतिकाे आर्यघाटमा दाहसंस्कार गरिने बताइएको छ

समाचार