गुरु पुर्णिामाको अवसरमा गुरुहरुलाई सम्मान

हेटौंडा – नेपाल निवृत्त शिक्षक समाज मकवानपुरले सस्थामा आबद्ध सेवाबाट अबकाश हुनु भएका जेष्ठ गुरुहरुलाइ गुरु पुर्णिामाको अबसरमा सम्मान गरेको छ।

सस्थाका अध्यक्ष शिवदयाल यादवको अध्यक्षता र राष्ट्रिय परीक्षा बोर्डका कार्यालय प्रमुख श्री कृष्णप्रसाद घिमिरे ज्युको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रमको संचालन नगर संयोजक शिव प्रसाद लामिछानेले गर्नुभएको थियो भने संस्थाका कोषाध्यक्ष अर्जुन प्रसाद पोखरेलले गर्नुभएको थियो ।

यस गुरु पुर्णिामाको अबसरमा पाच जना जेष्ठ गुरुहरुलाइ सम्मान गरिएको थियो। सम्मानित हुनुहुनेहरुमा देवप्रसाद श्रेष्ठ , बद्रीप्रसाद धिताल , शम्भुप्रसाद पौडेल , नवराज लम्साल र नेपाली भाषा शिक्षक को तर्फबाट धुर्वकुमार भुजेल सरलाई रमेश मोहन अधिकारी सरले स्थापना गर्नु भएको शिव सावित्री निवृत्त भाषा शिक्षक सम्मान २०८०. बाट सम्मान गरिएको थियो।

कार्यक्रममा नेपाल शिक्षक संघका अध्यक्ष गणेश हुमागाइ, ने रा शि स का अध्यक्ष श्रीराम दाहाल , जिल्ला समन्वय समितीका सदस्य खडग पुलामी , कानुनी सल्लाहकार अरुण कुमार खतिवडा बाट सस्थाको महत्त्व र सम्मानित गुरुहरु प्रती सम्मान भाव व्यक्त गर्नु भएको थियो।

आगामी दिनमा शिक्षक पार्क निर्माण गर्न स्थानीय सरकार समक्ष अनुरोध गर्ने बारेमा व्यापक छलफल भएको थियो ।

समाचार समाज