राष्ट्रपति पाैडेल ११ दिनपछि डिस्चार्ज

राष्ट्रपति रामचन्द्र पौडेल ११ दिनपछि अस्पतालबाट डिस्चार्ज हुनुभएको छ । 

उपचारका लागि गएकाे असार २ गते त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थानअन्तर्गतको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना हुनुभएका पौडेल आज बुधवार डिस्चार्ज हुनुभएको हो । 

उपचारका क्रममा राष्ट्रपति पौडेलको छातीमा ‘पेस मेकर’ राखिएको छ । डाक्टरहरूले अहिले पौडेलको स्वास्थ्य अवस्था सामान्य रहेको बताएका राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

राष्ट्रपति पौडेलले उपचारका लागि गठित विशेषज्ञ समूहमा संलग्न डाक्टर, परामर्श समूहमा संलग्न विभिन्न अस्पतालका डाक्टर, स्वास्थ्यकर्मी, कर्मचारी तथा सुरक्षाकर्मीका साथै आफ्नाे स्वास्थ्यप्रति चासो एवम् चिन्ता व्यक्त गर्नेलाई धन्यवाद दिनुभएको छ ।

राजनीति