आज देशभर सार्वजनिक विदा

मकवानपुर । नेपाल सरकारले इस्लाम धर्मावलम्बीहरूको पर्व बकर ईद (ईद उल अजहा) को अवसरमा आज देशभर सार्वजनिक विदा दिएको छ ।

नेपाल राजपत्रमा मिति २०७९–१२–२ गते प्रकाशित सूचनाअनुसार आज असार १४ गते देशभर बिहीबार सार्वजनिक विदा दिएको गृह मन्त्रालयले जनाएको छ ।

मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद (इदुल जोहा) आज देशभरका मस्जिदमा हर्षोल्लासपूर्वक मनाइँदैछ । यस दिन मुस्लिम धर्मावलम्बी बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढ्छन् । नमाज पढिसकेपछि एक आपसमा अङ्कमाल गर्दै शुभकामना आदान प्रदान गरिन्छ ।

समाचार