हेटौंडाबाट लागूऔषधसहित दुई बालक पक्राउ

मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर ४, रोयल पार्टी प्यालेस अगाडिबाट प्रहरीले लागूऔषधसहित दुई जना बालकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा चितवनको राप्ती नगरपालिका–१, लोथर बस्ने १७ वर्षीय र सोही ठाउँ बस्ने १४ वर्षीय बालक रहेका छन् । उनीहरुलाई अस्थायी प्रहरी पोष्ट हरियाली मकवानपुरमा कार्यरत प्रहरी कर्मचारी कामको शिलशिलामा बजार आउने क्रममा रोयल पार्टी प्यालेस अगाडिबाट पक्राउ गरेको हो ।

पैदल हिडिरहेको अवस्थामा शंका लागेर चेकजाँच गर्दा उनीहरुले भिरेको झोलाबाट लागुूऔषध गाँजा १२ किलोग्राम फेला परेपछि निजहरुलाई पक्राउ गरिएको जनाएको छ ।

समाज