आज राष्ट्रिय सभा बैठक बस्दै

राष्ट्रिय सभाको बैठक आज बस्दैछ । बैठक संघीय संसद् भवन नयाँ बानेश्वरमा दिउँसो २ः३१ बजे बस्ने भएको हो ।

सो बैठकमा राष्ट्रिय सभाका सचिव सुरेन्द्र अर्यालले विनियोजन विधेयक २०८० को सबन्धमा प्रतिनिधि सभाबाट प्राप्त सन्देश सभा समक्ष टेबुल गर्नेछन् भने अर्थमन्त्री डा. प्रकाश शरण महतले विनियोजन विधेयक २०८० बैठकमा प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ ।

यस्तै, विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित नेपाल विश्वविद्यालय विधेयक २०७९ माथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरिनेछ भने त्यसलाई पारित गरियोस् भन्ने प्रस्ताव शिक्षा मन्त्री अशोक राईले गर्ने कार्यसूचीमा उल्लेख छ ।

मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक २०८० माथि दफावार छलफल हुने र सो विधेयक पारित गर्ने सम्भावित कार्यसूचीमा उल्लेख छ ।

राजनीति