एसीसी १६ वर्षमुनिको इस्टर्न जोन कपमा नेपालले मलेसियालाई दियो १ सय ८४ रनको लक्ष्य

एसीसी १६ वर्षमुनिको इस्टर्न जोन कपमा समूह चरणको अन्तिम खेलमा नेपालले घरेलु टोली मलेसियालाई १ सय ८४ रनको लक्ष्य दिएको छ ।

बायोमास ओभल मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको नेपाल ३३ ओभर ४ बलमा १ सय ८३ रनमा अलआउट भयो । नेपालका लागि अशोक धामीले सर्वाधिक ५२ रन बनाए ।

त्यस्तै, नरेन भट्ट र सूर्यांशु कोइरालाले समान २९ रन जोडे । मलेसियाका हजिक हैकवाल, मोहम्मद अक्रम, मोहम्मद मुकरी र एरिन अकिलले समान दुई विकेट लिए ।

मलेसियाले अहिले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ । आजको यो खेलले समूह ‘ए’ को विजेताकाे टुङ्गो लाग्नेछ । नेपालले पहिलो खेलमा थाइल्यान्डलाई २ सय २५ रनको फराकिलो अन्तरले हराएको थियो । थाइल्यान्डलाई हराएको नेपाल र मलेसिया सेमिफाइनलमा पुगिसकेका छन् । सेमिफाइनलका खेल भोलि हुनेछन् ।

खेलकुद