बाराको निजगढ र आसपासका क्षेत्रमा ठूलो वर्षा, बाढीको चेतावनी

बाराको निजगढ र आसपासका क्षेत्रमा ठूलो पानी परेको छ ।

बाढी पूर्वानुमान महाशाखाले सूचना निकालेर बाराको निजगढ र आसपासका क्षेत्रमा पछिल्लो ३ घण्टा ठूलो पानी परेको र अझै ठूलो पानी पर्ने सम्भावना रहेकाले बाढीको चेतावनी दिएको छ ।

बकैया नदी र त्यस क्षेत्र भइ बहने साना नदी तथा खोलामा आकस्मिक बाढी आउन सक्ने भएकाले तटीय तथा डुबान भइरहने होचा क्षेत्रमा बेलुकासम्म नै सतर्कता अपनाउन महाशाखाको आग्रह छ ।

त्यस्तै, ईलाम, झापा, पाचँथर, संखुवासभा, मकवानपुर, र पर्साका नदी तथा खोलामा पनि बाढी आउन सक्ने भन्दै सचेत रहन आग्रह गरिएको छ । 

समाचार