बागमती प्रदेशसभामा विपक्ष दलको नारावाजी, बैठक अवरुद्ध

हेटौँडा ।
बजेटको विषयमा बागमती प्रदेशसभा बैठकमा नाराबाजी भएको छ । जनविरोधी बजेट ल्याएको भन्दै प्रमुख प्रतिपक्ष दल एमाले सहित राप्रपा र नेमकिपाका प्रदेशसभा सदस्यहरुले नारावाजी गरेपछि बैठक अबरुद्ध भएको हो ।

आज बैठकको प्रारम्भमा नेपाल मजदुर किसान पार्टीका संसदीय दलका नेता सुरेन्द्रराज गोसाईले धारणा ब्यक्त पछि विपक्षको नाराबाजीसँगै बैठक स्थगित भएको हो । अर्को बैठक साँझ ५ बजेलाई बोलाईएको छ ।-khabarbreak

समाचार