हेटौँडामा बैंकको एटिएम तोडफोड, हार्डवेयरमा चोरी 

हेटौँडा । आइतबार राति हेटौँडामा रहेको एक बैंकमा अज्ञात व्यक्तिहरुले एटिएम तोडफोड गरेका छन् भने हार्डवेयर पसलमा चोरी भएको छ ।आइतबार राती हेटौंडा–५ कान्तिराजपथमा रहेको नेपाल बैंकको एटिएम फोडिएको र एटिएम नजिक रहेको हाम्रो पुडासैनी हार्डवेयर फोडेर चोरी भएको मकवानपुरका एसपी बामदेव गौतमले जनाएका छन् । उनका अनुसार एटिएम फोडिएको अवस्थामा फेला परेको र हार्डवेयरको सटरको ताला तोडिएको भन्ने जानकारी आएर प्रहरी निरीक्षकको टोली घटनास्थलमा पुगेको र अनुसन्धान सुरु गरिएको जनाएका छन् । अहिले हामी सिसिटिभि फुटेज हर्दैछौँ, चारीकार्यमा संलग्नको खोजीमा प्रहरी खटिसकेको छ – एसपी गौतमले भने । घटनामा के कती रकम चोरी भयो भन्ने बिषयको जानकारी नआएको प्रहरीले जनाएको छ ।

समाचार