पहिराेका कारण बाग्लुङ–कुश्मीशेरा सडक खण्ड अवरुद्ध

बाग्लुङ – वर्षासँगै आएको बाढी र पहिराेका कारण बाग्लुङ–कुश्मीशेरा सडक खण्ड अवरुद्ध भएको छ । बाग्लुङ नगरपालिका–१० भकुण्डेको दब्ल्याङमा पहिरो खस्दा जिल्लाको दक्षिण क्षेत्र जोड्ने बाग्लुङ–कुश्मीशेरा सडक बन्द भएको हो ।

गएरातिदेखि शुरु भएको वर्षासँगै दब्ल्याङमा पहिरो खसेको हो । तीन वर्षअघिदेखि शुरु भएको पहिराेले हिउँदमा सामान्य वर्षा हुँदासमेत सडक बन्द हुने गरेको छ । 

सदरमुकाम बाग्लुङ बजारबाट बाग्लुङ नगरपालिकाको बलेवा क्षेत्र, जैमिनी नगरपालिका र बरेङ गाउँपालिकाका लागि छुट्ने गाडी सडक अवरुद्ध हुँदा मर्कामा परेका छन् । सडक अवरुद्ध भएपछि निर्माणाधीन राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरको बाटो हुँदै गन्तव्यमा पुग्न गाडीले प्रयास गरिरहेका छन् । तर त्यही पहिराेका कारण करिडोरसमेत अवरुद्ध छ ।

समाचार