सत्तारुढ दलहरुले रेडक्रसमा पनि भागबन्डा गरेः कमल थापा

हेटौंडा । राप्रपा नेपालका अध्यक्ष कमल थापाले सत्तारुढ दलहरुले रेडक्रस जस्तो परोपकारी संस्थामा पनि भागबन्डा गरेर कब्जा गर्नु दुर्भाग्य भएको बताएका छन् ।

संवैधानिक अंग, न्यायपालिका, कुटनीतिक नियोग, विश्वविद्यालय जस्ता निकायहरुमा पार्टीगत भागबन्डा गरेर कुशासन, भ्रष्टाचार र वेथितीलाई संस्थागत गर्दै आएका सत्तारुढ दलहरुले रेडक्रसमा पनि भागबन्डा गरेको पूर्वउपप्रधानमन्त्री समेत रहेका थापाको दाबी छ ।

मंगलबार ट्वीटरमा लेख्दै थापाले भनेका छन्ः

गणतन्त्रको विकृत स्वरुप:
संवैधानिक अंग,न्यायपालिका,कुटनीतिक नियोग,विश्वविद्यालय जस्ता निकायहरुमा पार्टीगत भागवण्डा गरेर कुशासन,भ्रष्टाचार र वेथितीलाई संस्थागत गर्दै आएका सत्तारुढ दलहरुले रेडक्रस जस्तो परोपकारी संस्थामा पनि भागवण्डा गरेर कब्जा गर्नु दुर्भाग्य हो।लोकतन्त्रको उपहास

राजनीति