राष्ट्रियसभा बैठक आज पनि बस्दै

राष्ट्रियसभा  बैठक आज पनि बस्दैछ । बैठक दिउँसो २ः३१ बजे बस्ने भएको हो । 
बैठकमा विनियोजन २०८० विधेयकमाथि मन्त्रालयगत छलफल हुनेछ । आजको बैठकमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, परराष्ट्र मन्त्रालय, परराष्ट्र मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र खानेपानी मन्त्रालयमाथि छुटाइएको बजेटमाथि छलफल हुने कार्यसूची छ । 
सांसदहरूले विभिन्न मन्त्रालयगत विनियोजनमाथि आफ्नो धारणा राखिरहेका छन् । 

राजनीति