काठमाण्डाैकाे सीडीओमा जीतेन्द्र बस्नेत

 गृह मन्त्रालयले सहसचिव एवम् मन्त्रालयका प्रवक्ता जीतेन्द्र बस्नेतलाई जिल्ला प्रशासन कार्यालय काठमाण्डाैकाे प्रमुख जिल्ला अधिकारी (सीडीओ) मा नियुक्त गरेको छ । 

मन्त्रिस्तरीय निर्णयबाट गृह मन्त्रालयको सुरक्षा तथा समन्वय महाशाखा प्रमुखसमेत रहनुभएका बस्नेतलाई काठमाण्डाैकाे सीडीओमा सरुवा गरेको गृहमन्त्री नारायणकाजी श्रेष्ठको सचिवालयले जनाएको छ ।

काठमाण्डाैका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्याय सचिवमा बढुवा भएपछि मन्त्रालयले बस्नेतलाई याे जिम्मेवारी दिएको हो । आठ वर्ष सहसचिव हुनुभएका बस्नेत विगतमा राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको महानिर्देशक, गोरखा, चितवन, पर्सामा सीडीओका रूपमा काम गरिसक्नुभएको छ ।

यस्तै उहाँले पुनःनिर्माण प्राधिकरण, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय तथा प्रदेश कार्यालमा समेत काम गरिसक्नुभएको छ 

राजनीति