७५ जना जेष्ठ नागरिकलाई सम्मान

। हेटौंडा उपमहानगरपालिका वडा नम्वर १६ ले जेष्ठ नागरिकलाई विहिबार एक कार्यमक आयोजना गरी सम्मान गरेको छ ।

जेष्ठ नागरिक मञ्च हेटौंडा १६ का अध्यक्ष देवनारायण ढकालको अध्यक्षता तथा नेपाली कांग्रेस बागमती प्रदेश सभापति एवं बागमती प्रदेश सभा सदस्य इन्द्रबहादुर बानियाँको प्रमूख आतिथ्यतामा सोही वडाका ५ टोल विकास संस्थाका ७५ जना जेष्ठ नागरिकलाई सम्मान गरिएको हो ।

जेष्ठ नागरिकलाई सम्मान गर्दै प्रमूख अतिथि बानियाँले बृद्धबृद्धाहरुको उचित स्याहारसुसार र हेरबिचार गर्नु राज्यको दायित्व हुन आउने बताउँदै यसतर्फ वडाले ध्यान दिएकोमा खुशी व्यक्त गरे । नेता बानियाँले परिवारका सदस्यका साथसाथै टोल, समाज र राज्यका निकाय स्थानीय सरकारलेसमेत यसतर्फ ध्यान दिई आफ्नो वडामा रहेका जेष्ठ नागरिकहरुको उचित हेरविचार गर्नुपर्नेमा जोड दिए ।

हेटौंडा उपमहानगरपालिका १६ मा रहेका ५ वडाका ७५ जना जेष्ठ नागरिकलाई आज सम्मान गरिएको र बाँकी १० टोल विकासका जेष्ठ नागरिकलाई साउनको पहिलो साता सम्मान गरिने हेटौंडा १६ का वडा अध्यक्ष रामकृष्ण कोइरालाले जानकारी दिए ।

जेष्ठ नागरिकहरुलाई खादा, ब्लाङ्केट, लठ्ठी र नगद पाँच सयले रुपैयाँसहित सम्मान गरिएको अध्यक्ष कोइरालाले बताए ।

कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका उपमेयर राजेश बानियाँ, समाजसेवीहरु रामकृष्ण तिवारी, महेश ढकाल, अर्जुनप्रसाद वाग्लेलगायतले शुभकामना मन्तव्य व्यक्त गरे ।

समाचार