हेटौँडा सडक बिस्तार : सिडिओले बोलाएको बैठकमै चर्काचर्की

हेटौँडा । लामो समयबाट पेचिलो बन्दै गएको हेटौँडा सडक विस्तारको विषयले हेटौँडा पुनः तातिएको छ । गत असार १० गते डिभिजन सडक कार्यालय हेटौँडाले ३५ दिनको सूचना जारी गरेपछि सडक विस्तारको विषयमा पक्ष र विपक्षमा बहस जारी रहेको हो । यसै सन्र्दभमा आज मकवानपुरका केहि दिन अघि मात्र आएका प्रमुख जिल्ला अधिकारी सुर्यप्रसाद सेढाईले राखेको सवैपक्षिय छलफलमा चर्काचर्की परेको छ ।

सिडिओ प्रसाईले २५ गजको विषयको बारेमा राखेको सर्बपक्षिय बैठकमा प्रदेशसभा सदस्य, मकवानपुर उद्योग वाणिज्य संघ, राजनीतिक दलका नेतृत्व, प्रहरी प्रशानस, सरोकारवाला घरधनी, हेटौँडा उपमहानगरपालिकाका प्रमुख, उपप्रमुख सहितको उपस्थिती रहेको थियो ।
बैठकको प्रारम्भका डिभिजन सडक कार्यालय हेटौँडाका डिभिजन प्रमुख राजेश कुमार यादवले असार १० गते प्रकाशन भएको सूचनाको विषयमा जानकारी गराउँदै यो पटक हेटौँडाका घरधनिको माग अनुसार सरकारले २५ मिटरलाई घटाएर २५ गतज मात्र बनाएको बताएका थियो । उनले साउन १६ सम्मा आफुहरुको सूचनालाई वेवास्ता गरिए कानुनी तबरबाट अतिक्रमित घर टहरा हटाउने बताए ।

लगतै आफ्नो धारणा ब्यक्त गर्दै मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण गुप्ता अग्रवालले चालु आवस्थामा राज्यले पीडितलाई मुआब्जा र कुनै क्षतिपूर्ति नदिई घर भत्काउन खोजे प्रतिकार हुने कडा चेतावनी दिए । उनले सयौँ ब्यवसायी र घरधनीको ब्यध्mिगत जग्गालाई राज्यले हानी गर्न नसक्ने चेतावनी दिए ।

कार्यक्रममा बोल्दै बागमती प्रदेशसभा सदस्य एकालाल श्रेष्ठले आफुहरुपनि सडक विस्तारको पक्षमा रहेको तर राज्यले उचित क्षतिपुर्ति र मुआब्जा दिनुपर्ने, बाईपास निर्माण गरेर हेटौँडालाई सडकको बिचबाट दाँयाबाँया १६–१६ मिटर सडक फराकिलो बनाउन सकिने अवधारण समेत प्रस्तुत गरे ।
कार्यक्रममा हेटौँडा उपमहानगरपालिकाका मेयर मिना लामाले यो पटक हेटौँडा सडक बिस्तार भएरै छाडने दाबी गरिन् । यो विषयलाई थप गिजोलेर समस्या नथप्ने उनले अनुरोध समेत गरेकि थिईन् ।

समाचार