हेटौंडाको म्यानेजमेन्टमा निःशुल्क शिविर, एक हजारभन्दा बढीले लिए सेवा

हेटौंडा स्कुल अफ म्यानेजमेन्ट एण्ड सोसियल साइसेन्स महाविद्यालयमा शुक्रबारबाट सुरु भएको निःशुल्क स्वास्थ्य शिविरमा एक हजारभन्दा बढीले सेवा लिएका छन् ।

हेटौंडा स्कूल अफ म्यानेजमेन्ट एण्ड सोसियल साइन्सेस महाविद्यालयले काठमाडौं मेडिकल कलेजको प्राविधिक सहयोगमा आयोजना गरेको दुई दिने शिविर अन्तरगत शुक्रबार पहिलो दिन एक हजारभन्दा बढीले निःशुल्क सेवा लिएका हुन् ।

उक्त शिविरमा जनरल मेडिसिन, प्रसुति तथा स्त्री, बालरोग, शल्यक्रिया, मानसिक तथा नशा, छाला तथा यौनरोग, हाडजोर्नी, नाक, कान घाँटी, आँखा, इसीजी, भिडियो एक्सरे, रगत तथा पिसाब परीक्षण, न्युरो सर्जरी तथा मुटु रोगको निःशुल्क परीक्षक गरिएको हो ।

यस्तै, आज शनिबार पनि विहानबाटै निःशुल्क स्वास्थ्य परीक्षण शिविर संचालन भइरहेको क्याम्पसले जनाएको छ ।

शिविरको उद्घाटन क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष देवप्रसाद श्रेष्ठको अध्यक्षता एवम् हेटौंडा उपमहानगरपालिकाका मेयर मिनाकुमारी लामाको प्रमुख आतिथ्यतामा भएको थियो ।

स्वास्थ्य