यस्तो छ आजको सुनचाँदीको मूल्य

आज आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसारका आइतबार छापावाल सुन प्रतितोला ७ सय रुपैयाँ बढेर प्रतितोला एक लाख ११ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि शुक्रबार सुन प्रतितोला १ सय रुपैयाँले घटेर १ लाख १० हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।

आज तेजावी सुन प्रतितोला १ लाख १० हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ ।

आज चाँदीको मूल्य पनि प्रतितोला २० रुपैयाँले बढेर १ हजार ३९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

अर्थ