राष्ट्रियसभाको बैठक स्थगित

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको लगातारको अवरोधपछि राष्ट्रियसभाको बैठक स्थगित भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्तिलाई लिएर एमालेले राष्ट्रियसभा बैठक अवरूद्ध पारेको हो। 

लगातारको अवरोधपछि सभा अध्यक्ष गणेश तिमिल्सिनाले भोलि १२ बजेर १ मिनेटसम्मका लागि बैठक स्थगित गरेका हुन्।

राष्ट्रियसभाको बैठक सुरु हुनासाथ एमाले सांसद भगवती न्यौपानेले प्रधानमन्त्री प्रचण्डले जनयुद्ध, एमसीसीलगायतका विषयमा नाटक गरेर देशको स्वाभिमानविरूद्धमा पटकपटक धावा बोलेको बताइन्। उनले प्रधानमन्त्री प्रचण्डकोराजीनामा नआएसम्म बैठक अवरोध कायम राख्ने बताइन्। त्यसपछि एमाले सांसदहरूले उठेर विरोध जनाएका थिए। 

एमालेले  पछिल्लो समय प्रधानमन्त्री प्रचण्डको राजीनामा माग गर्दै दुवै सदनमा अवरोध गर्दै आएको छ। एमालेको अवरोधका कारण बैठक चल्न सकेको छैन। 

राजनीति