बासी भात दिएको भन्दै सौतेनी आमाको हत्या

आफ्नो सौतेनी आमाको हत्या गरेको अभियोगमा धनुषा प्रहरीले एक भारतीय युवकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धनुषाको गणेशमान चारनाथ नगरपालिका–४, शिवनगर पथराईस्थित अशोक जैसवालको घरमा डेरा गरी बस्ने भारतीय नागरिक प्रेम भगत रहेका छन् ।

सौतेनी आमाले बासी भात खान दिएको रिसमा काठको चिर्पट प्रहार गरी हत्या गरेको र शवलाई जलाएको आरोपमा उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

भगत भारतको बेतिया जिल्ला, नरकटियागंज थाना, केयुनिया निवासी रहेको प्रहरीको भनाइ छ । प्रहरीका अनुसार, उनले आफ्नो सौनेती आमा ३९ वर्षीय मिरा देवी भगतको हत्या गरेका थिए ।

समाज