मकवानपुर बहुमुखी क्याम्पसलाई विश्वविद्यालय बनाउने विषयमा समिति निर्माण

हेटौँडा । बागमती प्रदेशको राजधानी मकवानपुरको हेटौँडामा सञ्चालित सामुदायिक क्याम्पस मकवानपुर बहुमुखी क्याम्पसलाई विश्वविद्यालय बनाउने विषयमा समिति निर्माण भएको छ । हेटौँडामा भएको बैठकले क्याम्पसका पुर्व अध्यक्ष एवम बागमती प्रदेशका पहिलो मुख्यमन्त्री डोरमणी पौडेलको संयोजकत्वमा समिति निर्माण भएको हो ।
समितिमा पुर्व अध्यक्षहरु माईकल रामचन्द्र अर्याल, प्रल्हाद लामिछाने, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलान सदस्य रहेका छन भने समितिमा क्याम्पसका साहायक क्याम्पस प्रमुख डाक्टर यम सिलवाल सदस्य सचिव रहेका छन् ।

बागमती प्रदेश सरकारले पनि प्रदेश विश्वविद्यालयको अवधारणा अघि सारेको अवस्थामा मकवानपुर बहुमुखी क्याम्पसलाईनै प्रदेशको विश्वविद्यालय या सार्वजनिक विश्वविद्यालयको रुपमा अघि बढाउने गरि काम अघि बढाउनको लागि समिति निर्माण भएको मकवानपुर बहुमुखी क्याम्पसका प्रमुख डाक्टर शंकरप्रसाद उपाध्ययले खबरब्रेकलाई बताए ।

देशकै धेरै विद्यार्थी अध्ययन गर्ने क्यापसको रुपमा रहेको मकवानपुर बहुमुखी क्याम्पसका दश जोड दुई देखि स्नाकोत्तरसम्मको विषयमा अध्यापन हुँदै आएको छ । क्याम्पसबाट हरेक वर्ष विद्यार्थीहरुले नेपाल प्रथम देखि उत्कष्ट नतिजा निकाल्दै आएका छन् ।

शिक्षा