गोठमा आगलागी हुँदा एक लाख ५० हजार रुपैयाँको क्षति

मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर ७ सिम्सार टोल बस्ने बिदुर चौलागाईँको टिनको छानो, तिर्पालले बेरेको गाईँगोठमा सोमबार आगलागी भएको छ ।

सोमबार साँझ सवा ८ बजेको समयमा बिजुलीको तार सट् भई गोठमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।

चौलागाईँको द्धरदेखि २०० मिटर उत्तरमा रहेको उक्त गोठमा आगलागी गोठभित्र रहेको गाईबस्तुलाई खुवाउने ४० किलो भएको १२ बोरा चोकर, ३० किलो भएको ७ बोरा पोषक दाना पुर्ण रुपमा जलि नष्ट हुँदा अन्दाजी १ लाख ५० रुपैयाँ बारबरको क्षति भएको प्रहरी नायव उपरीक्षक कार्कीले बताए । आगलागीमा परेर मानवीय क्षति भने भएको छैन ।

समाज