लायन्स क्लबको इन्टरनेशनल डाइरेक्टर पदमा बालकृष्ण बुर्लाकोटी

मानवीय सेवामा क्रियाशील अन्तर्राष्ट्रिय संस्था लायन्स क्लबको इन्टरनेशनल डाइरेक्टरमा बालकृष्ण बुर्लाकोटी विजयी हुनुभएको छ ।

लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ बि १ नेपालका पूर्व गभर्नर बुर्लाकोटी जेठ २१ र २२ गते भएको मल्टिपल कन्भेन्सनबाट इन्टरनेशनल डाइरेक्टरमा विजयी हुनुभएको हो ।

भर्चुअल माध्यमबाट भएको निर्वाचनमा बुर्लाकोटीले खगेन्द्र सिटौलालाई हराउनु भएको थियो । 

अन्तर्राष्ट्रिय सामाजिक संस्था लायन्स क्लब अन्तर्गत रहेर बुर्लाकोटीले आफ्नो  कार्यकालमा सय वटा क्लब खोलेर विश्व रेकर्ड बताउनु भएको थियो । साथै उहाँले २ हजार ८ सय ६३ मेम्बरसिप ग्रोथ तथा सय वटा एमजेएफ कन्ट्रिब्युसन गराउनसमेत सफल हुनुभएको थियो ।

समाचार