हेटौंडा-१७ हटियामा रहेको त्रिभुवन माविमा युवा रेडक्रस सर्कल पुनर्गठन

२९ असार,हेटौंडा- हेटौंडा-१७ हटियामा रहेको त्रिभुवन माविमा युवा रेडक्रस सर्कल पुनर्गठन भएको छ ।

विद्यालयका शिक्षक शालिकराम घिमिरेको अध्यक्षता एवं नेपाल रेडक्रस सोसाईटी मकवानपुरका सदस्य कृष्णबहादुर सापकोटाको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो ।

सो कार्यक्रममा नेरेसो हटिया उपशाखाका उपसभापती दुर्गा महत, सचिव मोहनचन्द्र चौलागाई, सदस्य पार्वति विडारी, विद्यालय व्यवस्थापन समितीका अध्यक्ष चन्द्र प्रसाद देवकोटा लगायत विद्यालयका शिक्षक जनक धिताल, मनिषा लामिछाने, सन्तोस शाहले मन्तब्य ब्यक्त गर्नुभएको थियो ।

भेलाले सलिना विकको अध्यक्षतामा ११ सदस्यीय त्रिभुवन युवा रेडक्रस सर्कल गठन गरेको छ ।

समाचार समाज स्थानीय