दासढुङ्गामा बस दुर्घटना हुँदा १९ जना यात्रु घाइते

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डको भरतपुर महानगरपालिका–२९ दासढुङ्गामा आज बिहान बस दुर्घटना हुँदा १९ जना यात्रु घाइते भएका छन् ।

बिहान ५ः२० बजेको समयमा काँकडभिट्टाबाट काठमाडौँ जाँदै गरेको बागमती प्रदेश०१–००६ख ५२३७ नम्बरको यात्रुवाहक बस दुर्घटना हुँदा १९ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

घाइतेमध्ये १० जनाको पुरानो मेडिकल कलेजमा, ८ जनाको भरतपुर अस्पतालमा र एक जनालाई काठमाडौं पठाइएको जनाइएको छ ।

प्रहरीका अनुसार, बस अनियन्त्रित भई सडकबाट १० मिटर तल खसी रुखमा अड्किएको छ । बसमा ४० यात्रु सवार थिए ।

समाज